+
+
Shares

अब भारतले सिमानामा बाटो बनाएर डुवानमा पार्दैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १३ गते १२:४४


१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतले सिमानामा बाटाका नाममा बाँध बाँधेर डुवानमा नपार्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार डुवान क्षेत्रको अनुगमनका लागि छिट्टै संयुक्त टोली खटाइने बताए ।

उनले भने, ‘अब सिमानामा बाटाका नाममा, के नाममा डुवान गर्न पाउँदैन, गर्दैन ।’

उनले छिमेकी मुलुकसँग कुनै कार्ड नखेल्ने र लादिएका कुरा पनि स्वीकार्य नहुने बताए ।

प्रवुद्ध समूहको पछिल्लो बैठक भर्खर सकिएको भन्दै उनले सन् १९५० को सन्धिमा केके संशोधन गर्ने भन्ने सहमति नजिक पुगेको संसदलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?