१६ असार, काठमाडौं । नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो ।
युके ०२ ४६८४ नम्बरको गाडीमा एयर फिल्टरमा लुकाएर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।
प्रहरीले गाडीका चालक भारतीय नागरिक दीपककुमार मोर्रे र भीमदत्त नगरपालिका ६ महेन्द्र नगरका मनोज विक पक्राउ परेका छन् । प्रारम्भीक सोधपुछका क्रममा उनीहरुले सुन भारतर्फ लैजान लागिएको बयान दिएका छन् ।
सुन तस्करीमा संलग्न थप तीन जना होटल एल्लो प्यागोडाबाट पक्राउ परेका छन् । सजना साह, अशोककुमार र समरमोहन जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4