१९ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत भएकोलाई मुख्य समाचार बनाएका छन् । संसदीय सुनुवाइ समितिले लिएको यो निर्णयपछि उत्पन्न क्रिया–प्रतिक्रिया र असरबारे आजका पत्रपत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् ।
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले अब चाल्ने कदमबारे चासो भइरहेका उनले पत्रपत्रिकाहरुलाई राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले शुक्रबार हासिल गरेको जितलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।
नेदरल्यान्ड्सलाई सनसनीपूर्ण तरिकाले अन्तिम बलमा एक रनले हराएर नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।
यसका अतिरिक्त चौथोपटक मन्त्रिपरिषद् विस्तार भएको, क्रान्ति बाल अस्पतालमा चिकित्सक अभाव भएकोलगायत समाचारले पनि आज ठाउँ पाएका छन् ।
‘जोशी अस्वीकृत’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुर दैनिकले अयोग्य हुनुका कारण केलाएको छ । कान्तिपुरमै जोशीले काम गरिरहे नेकपाले महाभियोग लगाउने समाचार पनि छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको जितलाई पनि कान्तिपुरले समेटेको छ ।
जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएकोलाई मुख्य समाचार बनाएको नागरिकले चौथोपटक मन्त्रिपरिषद् विस्तार भएकोलाई पनि पहिलो पृष्ठमा छापेको छ । एक दिवसीय क्रिकेटमा नेपालले जित हासिल गरेकोलाई पनि नागरिकले छुटाएको छैन ।
भक्तपुरको विकास मोडलबारे एक सामग्री छापेकाे नयाँ पत्रिकाले अस्वीकृत भएका जोशी राजीनामाकाे मूडमा नरहेकाे लेखेकाे छ । नयाँ पत्रिकासँग जाेशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा अाफूले काम गरिरहने प्रतिक्रिया दिएका छन् ।
जोशी अस्वीकृत भएकोलाई ब्यानर समाचार बनाएको अन्नपूर्णले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको सम्भावना बढेकाे जनाएकाे छ ।
गोरखापत्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित हासिल गरेकोलाई मुख्य समाचार बनाएको छ भने राजधानीमाबागमतीले पुनर्जीवन पाएको सामग्री छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4