२० साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित सबैजसो पत्रिकामा प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी आजबाट १५ दिन विदा बस्न लागेको र अब दैनिक पेसी ओम प्रकाश मिश्रले तोक्ने विषय मुख्य समाचार बनेका छन् ।
अन्नपूर्ण पोष्टले जोशी प्रकरणलाई नेपाली कांग्रेसले अन्तर्राष्ट्रियकरण गर्ने समाचार लेखेको छ । अन्नपूर्णमै जोशीले पदबाट राजीनामा नदिए नेकपाले महाअभियोग लगाउने चेतावनी दिएको समाचार पनि छ ।
नागरिक दैनिकले जोशी प्रकरणमा ‘संवैधानिक परिषदमाथि प्रश्न’ शीर्षकमा सम्पादकीय नै लेखेको छ । संवैधानिक परिषदले सिफारिस गर्ने र सुनुवाइ समितिले आस्थाका आधारमा निर्णय गर्ने परिपाटी बस्दा लोकतन्त्र ‘आफन्तीतन्त्र’मा अनूदित हुनेछ भन्ने निष्कर्ष सम्पादकीयको छ ।
यसैगरी नयाँ पत्रिका दैनिकले दिल्लीबाट ६८ नेपालीको उद्धार भएको, राजधानी दैनिकले ३२ हजार कर्मचारी सरकारले हटाउन लागेको, गोरखापत्र दैनिकले ११२ दलले सम्पत्ति विवरण नबुझाएको र कारोबार दैनिकले व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा तयार पारिएको समाचार छापेका छन् ।
हेर्नुहोस् आजका दैनिक पत्रपत्रिकाहरु
प्रतिक्रिया 4