+
+
Shares

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

गौरव पोखरेल गौरव पोखरेल
२०७५ साउन २२ गते २०:३७
अपहरणपछि हत्या गरिएका बालक निशान ।

२२ साउन, काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरित बालकको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको हो ।

यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरसँग कुरा गर्दै अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको बताए ।

प्रहरी मुठभेडमा सोमबार भक्तपुरको डोलेश्वरमा मारिएका अपहरणकारी गोपाल तामाङ र अजय तामाङले बालकको क्रुर हत्या गरेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार उनीहरुले खड्काको राति नै हत्या गरेका थिए । अपराध महाशाखा स्रोत भन्छ, ‘राति ११ देखि १२ बजेको समयमा बालकको हत्या भएको देखिएको छ ।’

हत्यापछि अाफैं बस्दै अाएको घरधनी भक्तपुरको ठिमी नगरपालिका-९ स्थित श्याम लबटको नजिकै रहेको निर्माणाधिन घरको जगमा अपहरणकारीले बालकलार्इ पुरेका  थिए । जुन शवलार्इ महाशाखाको प्रहरी टोलीले सोमबार दिउँसो उत्खनन् गरेर निकालेको थियो ।

यो पनि पढ्नुहोस् 

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?