+
+
Shares

छापामा आजः मुठभेड नै शंकास्पद, शंकाको घेरामा इन्काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २३ गते ६:५०


२३ साउन, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा आज पनि निशान हत्या प्रकरण र प्रहरी इन्काउन्टर परेको छ । स्कुले बालक निशान खड्काको अपहरणपछि हत्या हुनु र अपहरणकारी भनिएका दुई व्यक्ति मारिनुमा प्रहरीकै सतर्कता र समन्वय कमी रहेको पत्रपत्रिकाहरुले औंल्याएका छन् ।

पत्रपत्रिकाहरुले प्रहरी इन्काउन्टरमाथि प्रश्न उठाउँदै मुठभेडलाई शंकास्पद भनेका छन् ।

त्यसैगरी विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई ५ वर्षसम्म कैद हुने समाचार पनि आजको पत्रिकामा छापिएको छ । समाचार अनुसार सिन्डिकेट गरे अब एक वर्ष कैद र ३ वर्ष जरिवाना हुने भएको छ ।

नेकपाको कार्यालय एउटै छानामुनि सञ्चालन हुन नसकेको, पत्रकारसामु डा. गोविन्द केसी भक्कानिएको, अपराधको घटना बढेको, विद्यालय सञ्चालक फुट्दा विद्यार्थीसमेत भागबन्डा गरिएको लगायतका समाचारले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

कान्तिपुरले निशान खड्काका अपहरणकारी मुडभेडमा मारिएको भनेर प्रहरीले गरेको प्रचार नै शंकास्पद रहेको लेखेको छ । अपहरणकारी पक्राउ परेकाे देख्ने स्थानीयको भनाइलाई नै कान्तिपुरले समाचारमा समावेश गरेको छ ।

कान्तिपुरले जस्तै नागरिकले पनि प्रहरी इन्काउन्टरमाथि आशंका व्यक्त गरेको छ । उसले लेखेको छ– महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेकका अन्य दुई इन्काउन्टर विवादित बनेका छन् ।’

कान्तिपुरमै कालोबजारी गरे ३ वर्ष कैद हुने अर्को समाचार पनि छ ।

प्रहरीकै म्यासेजले भक्तपुरमा स्कुले बालकको ज्यान गएको समाचार लेखेको अन्नपूर्णले ‘नेकपा अझै समानान्तर कार्यालयमा’ शीर्षक दिएर नेकपाको कार्यालय व्यवस्थापनबारे समाचार छापेको छ ।

नयाँ पत्रिकामा एकै महिनामा २३ बलात्कारका घटना भएको समाचार छ । गैरजिम्मेवारपूर्ण रुपमा प्रहरीले अपहरणकारीलाई एसएमएस पठाउँदा बालकको ज्यान गएकोलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

धनीहरु नै गरिबको सूचीमा परेको, विद्यालय सञ्चालक फुट्दा विद्यार्थीसमेत भागबन्डामा परेको दुई रोचक समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा कभरेज गरेको छ ।

राजधानीले उपभोक्ता ठग्नेलाई अब ठाउँका ठाउँ कारबाही हुने जनाएको छ । गोरखापत्रमा उपभोक्ता अदालत गठन हुन लागेको, राष्ट्रियसभाका चार समिति क्रियाशील भएको लगायत खबर छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?