+
+
Shares

सविन मेरो प्रेमीः अनु शाह

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १२:२०


केही समय अगाडि नायक सविन श्रेष्ठ र नायिका अनु शाहले जिल्ला अदालतमा पुगेर बिहे गरेको खबर सार्वजनिक भएको थियो । तर, पछि यी दुइले त्यो खबरको खण्डन गरे ।

अनु र सविन लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरु जहिले साथी भन्दै मिडियासँग तर्किदै आएका थिए । अनु शाहले त सविन आफ्नो साथी मात्र भएको जिकिर गर्न कहिले छाडिनन् । तर, अब उनै अनुले सविन आफ्नो प्रेमी भन्दै फेसबुकमा स्टाटस लेखेर प्रेम व्यक्त गरेकी छिन् ।

अनुले लेखेकी छिन्-‘हो उनी मेरो प्रेम हुन् । आई लभ यू बेबी’ । अनुले सविनसँग अंकमाल गरेको तस्बिर पनि पोष्ट गरेकी छिन् । अनु र सविन लामो समयदेखि प्रेममा थिए तर उनीहरुले स्विकार्न अस्विकार गरेका थिए ।

अहिले यी दुबैको चलचित्र करिअर ध्वस्त भैसकेको छ । सायद, यही भएर पनि होला उनीहरु नयाँ जीवन सुरुवात गर्ने मोडमा पुगेका छन् । यसैले अनुले सविनसँगको प्रेम स्विकार गर्दै नयाँ जीवन सुरु गर्न लागेको संकेत गरेको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?