२४ साउन, गुल्मी । गुल्मीमा एक सैनिक अधिकृतले आफ्ना बुवाको स्मृतिमा खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेका छन् ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत कार्कीले आफ्ना बुवा डम्मरबहादुर कार्कीको स्मृतिमा जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेका हुन् ।
व्याडमिन्टन प्रतियोगिताको बिहीबार बिहान एक कार्यक्रमको आयोजना गरेर सुरुअात गरिएको हो । जिल्लाको सदरमुकाम तम्घासस्थित याडमिन्टन कभर्ड हल, र फिल्म हलमा सञ्चालन भएको प्रतियोगिता साउन २६ गते सम्म चल्नेछ ।
प्रतियोगितामा जिल्लाबाट करिब ६० टिमको सहभागिता रहेको नेपाल व्याडमिन्टन गुल्मीका अध्यक्ष महेश काउछाले जानकारी दिए । प्रतियोगिताको आयोजकमा नेपाल व्याडमिन्टन गुल्मी र मुख्य प्रयोजकमा गुल्मपती सेनानी कार्की परिवार रहेका छन् ।
५ बिधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार पुरस्कारको व्यवस्था राखिएको आयोजक परिवारका सेनानी जमनत कार्कीले बताए ।
खेल क्षेत्रमा निकै रुची राख्ने सेनानी कार्कीले जिल्लामा रहुन्जेल बिभिन्न खेलहरुलाई खेल्नु पर्छ भन्ने भावना जगाउनको लागि आयोजना गरेको बताए ।
पछिल्लो समयमा नेपालले खेलकुद मार्फत राम्रो प्रस्तुति राख्दै आएकार देसको नामलाई अगाडी ल्याउन सफल रहेकाले यस जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि बिभिन्न समयमा खेलहरु आयोजना गर्ने कार्कीले बताए ।
खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको लागि पनि फाइदा रहेकाले मुख्य गरी खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको कार्कीले बताए । जिल्लामा रहुन्जेल खेल क्षेत्रसँगै अरु सामाजिक क्षेत्रमा काम गर्दै जाने उनले बताए ।
प्रतिक्रिया 4