+
+
Shares

भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रालयको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १४:०७

२४ साउन, काठमाडौं । भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

काठमाडौं काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा लिएर पछि इन्काउण्टर गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले छानबिनको तयारी गरेको हो ।

समितिको बैठकमा गसांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिनको प्रतिवद्धता जनाएका हुन् ।

सांसद देवेन्द्रराज कंडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सिर्जना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?