+
+
Shares

गृहमन्त्रीलाई अपराध महाशाखाको ब्रिफिङ – इन्काउन्टर भएकै हो

घटनाबारे छानविन हुन्छः गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १४:३०

२४ साउन, काठमाडौं । भक्तपुर इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई विहीबार औपचारिक ब्रिफिङ गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे बि्रफिङ गरेको हो ।

स्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटना वास्तविक भएको बताएका छन् । ‘बाहिर प्रचार गरिएको जस्तो फेक घटना होइन’, सिंहको भनाइलाई उद्धृत गर्दै गृह स्रोतले भन्यो ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

यसैबीच, इन्काउन्टर घटनाबारे सरकारले छानबिन गर्ने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानविनको प्रतिवद्धता जनाएका हुन् ।

इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरीसमेत दिएका छन् ।

यसैवीच मानवअधिकारकर्मीले समेत घटनाको छानविन गर्न र दोषीमाथि कारवाही गर्न भनेका छन् ।

याे पनि पढ्नुहोस् 

भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रालयको तयारी  

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

निशानको परिवारले अपहरणकारीबाट क्षतिपूर्ति पाउने बाटो बन्द

‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

अजयका दाजुको प्रश्न- जंगलमा लगेर मार्नुपर्छ भन्ने कुन नियममा छ ?

भक्तपुर प्रहरी इन्काउन्टरको छानबिन माग गर्दै उजुरी दर्ता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?