
२४ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ मेगावाटको बेलतारा सोलार आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार तनहुँमा निर्माण हुने आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा पीपीए गरिएको हो।
मन्त्रालयको कार्यविधि कार्यान्वयन भएपछि प्राधिकरणले पहिलो पटक निजी क्षेत्रले निर्माण गर्ने सोलार आयोजनाको पिपिए गरेको हो। पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सोलार फार्म प्रालिका प्रबन्धक तिलबहादुर आलेले हस्ताक्षर गरे।
विद्युत विकास विभागबाट उत्पादन अनुमति पत्र लिई आगामी भदौदेखि सौर्य सोलार प्रणाली जडान प्रक्रिया सुरु गरिने पनि उनले बताए । याे साेलार अायाेजनाकाे ‘विन्ड पावर नेपाल’ले अध्ययन पूरा गरेकाे हाे । सरकारले आगामी १० वर्षभित्र सोलारबाट ९ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ ।
मिश्रित ऊर्जा विकास गर्ने उद्देश्यअनुसार सोलार ऊर्जालाई पनि प्राथमिकतामा राखेर पिपिए सुरु गरिएको हो । पिपिए प्रक्रियामा रहेका ३१ मेगावाटका ३ सोलार आयोजनाको पनि चाँडै पीपीए हुने प्राधिकरणले जनाएको छ । धनुषा, दाङ र कैलालीमा निर्माण हुने साेलार अायाेजना पिपिए हुने लाइनमा छन् ।
प्रतिक्रिया 4