२४ साउन, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्हो आउँदो सिजन ७ नम्बर जर्सीमा देखिने भएका छन् ।
गएको सिजन जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका कोटिन्हो १४ नम्बर जर्सीमा खेलेका थिए । रसिया विश्वकपमा ब्रजिलियन टिमबाट उनी ११ नम्बर जर्सीमा खेलेका थिए ।
गएको सिजन बार्सिलोनाबाट उनले २२ खेलमा १० गोल गरेका थिए । गएको सिजन ला लिगा र कोपा डेल रे को उपाधि जितेको बार्सिलोनाले आउँदो सिजनका लागि अट्याकिङ मिडफिल्डर कोटिन्होलाई नयाँ जिम्मेवारी पनि दिने देखिन्छ ।
बार्सिलोनाले फ्रेन्च स्ट्राइकर एन्टोनी गि्रजम्यानलाई ल्याउन खोजिरहेकाले नम्बर ७ जर्सी बचाएर राखेको थियो । गि्रजम्यान ल्याउन नसकेपछि बार्सिलोनाले कोटिन्होलाई जर्सी सँगै नयाँ जिम्मेवारी थपेको हो ।
यसले रियल मडि्रडमा मनोवैज्ञानिक प्रभाव पार्न खोजेको रुपमा पनि फुटबल पण्डितहरुले ब्याख्या गरिरहेका छन् । रियलका ७ नम्बर स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि उनको स्थानमा नयाँ खेलाडी ल्याउन सकेको छैन ।
बार्सिलोनामा यसअघि कसले लगाए ७ नम्बर जर्सी ? (१९९५/९६ को सिजन पछि)
लुइस फिगो (१९९५-२०००)
एल्फन्सो पेरेज (२०००-२००१)
जेभियर साभिओला (२००१-२००४)
हेनरिक लार्सन (२००४-२००६)
इडर गुडजोन्सेन (२००६-२०१०)
डेभिड भिला (२०१०-२०१३)
पेड्रो रोडि्रग्वेज (२०१३-२०१५)
एड्रा टुरान (२०१५-२०१८)
प्रतिक्रिया 4