+
+
Shares

यशको फिल्ममा निमा र कामनाको छल्किएको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते ११:२४


गायक यश कुमार र निमा रुम्बाको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’काे ‘तिमीले त मायामा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा यश कुमारकै संगीत, शब्द र स्वर छ । विन्दु परियारले यशलाई गायकीमा साथ दिएकी छिन् । यो गीतमा निमा रुम्बा र नायिका कामना भुजेललाई फिचरिङ गरिएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्यांकन गरिएको छ ।  ‘कागबेनी’ रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएक दुई श्रीमान् भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्धलाई चलचित्रले उठान गरेको छ । यो चलचित्रलाई यश कुमारले नै निर्देशन गरेका हुन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र यम थापाले लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । यो चलचित्र असोज १२ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?