+
+
Shares

गुफाबाट उद्धार गरिएका बालकहरुको ९ दिन शुद्धीकरण

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते ११:२६


थाइल्याण्डमा गुफाभित्र फसेका १२ बालकहरु र उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको विषय अन्तराष्ट्रिय रुपमा निकै चर्चाको विषय बन्यो । मृत्युको मुखबाट उम्केर आएका ती विद्यार्थीहरु अहिले के गर्दै होलान् ?

समाचार अनुसार हामीले कल्पना नै नगरेको प्रक्रियाबाट गुज्रिरहेका छन् उनीहरु । अहिले ती विद्यार्थीहरु र उनका शिक्षकलाई मन्दिरमा राखेर शुद्धीकरण गर्ने काम चलिरहेको छ । एकजना इशाई बच्चालाई छाडेर अरु सबै बच्चाको शीर मुण्डन गरिएको छ ।

गुफाभित्र ९ दिनसम्म हराएका हुनाले उनीहरुलाई ९ दिनसम्म मन्दिरमा राखेर शुद्धीकरण गर्न लागिएको हो । उनीहरुलाई मन्दिरमा बौद्ध शिक्षा प्रदान गरिँदैछ । शुद्धीकरणले उनीहरुलाई शान्ति मिल्ने बताइन्छ । उनीहरुलाई पूजापाठमा पनि संलग्न गराइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?