+
+
Shares

रुपन्देहीमा दिनहुँ आत्महत्या ! तीन दिनमा पाँच जनाको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७५ साउन २५ गते १७:२५


२५ साउन, बुटवल । रुपन्देहीमा आत्महत्याबाट ३ दिनमै पाँच जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानका चार जनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

आत्महत्या गर्ने सबै ३० वर्षमुनिका छन् । प्रहरीका अनुसार शुक्रबार मात्रै कञ्चन गाउँपालिका ४ सुनगाभा चोक बस्ने २० वर्षकी शर्मिला परियारको विष सेवनबाट मृत्यु भयो । विवाहित शर्मिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । श्रीमानश्रीमतीबीच झगडा भएपछि विष सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

यसअघि बिहीबार सियारी गाउँपालिका ३ का ३० वर्षका नरेश कुमालले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । बुधबार कञ्चन गाउपालिका १ कि २८ वर्षकी विष्णुमाया कुमालले घरमै झुण्डिएर आत्महतया गरेकी थिइन् ।

मंगलबार तिलोत्तमा १३ कि २७ वर्षकी गंगा कुमालले झुण्डिएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
बिहीबार नै सिद्धार्थनगर १३ मा हाटबजारमा रहेको छाप्रोमा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

घरायसी झगडा,आर्थिक अवस्था अति कमजोर र प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्याका घटना बढेको प्रहरीको भनाइ छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?