+
+
Shares

न्याम्सको कार्यवाहक उपकुलपतिको जिम्मा डा. सुवोध अधिकारीलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते १८:०५

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यबाहक उपकुलपतिको जिम्मा डा. सुवोध अधिकारीलाई दिइएको छ ।

नयाँ उपकुलपति छनोट नभएसम्मका लागि मन्त्रालयले उनलाई कार्यबाहकको जिम्मेवारी दिएको हो ।

न्याम्सका उपकुलपति डा. गणेश गुरुङसहित पदाधिकारीको पदावधि सकिएपछि नयाँ उपकुलपति छनोटका लागि मन्त्रालयले छनोट समिति पनि बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले १५ दिनभित्र आवेदन आउने गरी दरखास्त आहृवानको तयारी गरेको छ ।

समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. सुशील प्याकुरेल तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बासकोटा सदस्य रहेका छन् ।

आवेदनका लागि समितिले तीनवटा न्युनतम योग्यता तोकेका छन् । जसमा नेपाल चिकित्सक परिषद्मा दर्ता भई नेपाल सरकारको ११ औं तहको चिकित्सक वा सो भन्दा माथिल्लो तहमा वहालवाला वा अवकाश प्राप्त चिकित्सक हुनुपर्ने, स्वास्थ्य प्रतिष्ठानको प्राध्यापक वा अवकाश प्राप्त प्राध्यापक हुनुपर्ने तथा स्वास्थ्य संस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारी वहन गरेको वा गरिसकेको हुनु पर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?