+
+
Shares

गृहमन्त्रीको निर्देशन : पीडकलाई हदैसम्म दण्डित गर्नोस्

जनताको सुरक्षामा प्रतिवद्ध भएर लाग्न आइजीपीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते १८:१०


२५, साउन, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले समाजमा अमानवीय घटनाहरु बढेकाले त्यसमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएका छन् ।

चितवनको भरतपुरमा मध्यक्षेत्र प्रहरी तालिम केन्द्रमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २- १७४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले जात, लिङ्ग वा धर्मका आधारमा हुने विभेद र अमानवीय घटनाका पीडकलाई हदैसम्मको दण्डित गर्ने कार्यमा प्रहरी अग्रसर हुनुपर्ने बताए ।

आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखेर प्रहरी विषेश प्रकारको चनाखो रहनुपर्ने गृहमन्त्री बादलले बताए ।
कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न गराउन प्रहरीको महत्वपूर्ण भूमिका रहने उनले बताए । प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्ने भन्दै प्रहरीको सहज पहुँच जनतासँग हुनुपर्ने गृहमन्त्री थापाले बताए ।

कार्यक्रममा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिवद्ध भएर लाग्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?