२५ साउन, काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीको नाममा ठगी धन्दा चलाउँदै आएको आरोप लागेका अनिल गजमेरलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले शुक्रबार गजमेरलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार न्यायधिश दिवाकर भट्टको इजालशको आदेश बमोजिम गजमेरलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ ।
उनीविरुद्ध प्रहरीमा दर्जानौं उजरी छ । समिर रिमालले ५४ लाख ठगीको उजुरी दिएका छन् भने राजेन्द्र महर्जनसहित ११९ जनाले ३ करोड ५५ लाख र सुरेन्द्रप्रसाद मास्केसहित ५ जनाले २२ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए ।
बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको पीडित बताउँछन् ।
यो पनि पढ्नुस्
इन्भेस्टमेन्ट कम्पनीको नाममा ठगी धन्दा चलाएको अारोपमा अनिल गजमेर समातिए
प्रतिक्रिया 4