+
+
Shares

झापामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते २२:५२

२५ साउन, काठमाडौं । झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ९ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।

कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार दिउँसो करिब ३/४ बजेको घटना केही ढिला गरी प्रहरीमा जानकारी गरिए पनि साँझ ७ बजे वृद्धलाई पक्राउ गरिएको छ ।

स्थानीयका अनुसार पीडित बालिककी हजुरआमाले देखेपछि वृद्ध फरार भएका थिए । साँझ स्थानीयको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिका र पीडक वृद्धलाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाइएको डिएसपी कोइरालाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ परेका बानियाँमाथि स्वास्थ्य परीक्षणपछि जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?