+
+

उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई भने-दोहोरो कर तत्काल हटाइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २६ गते १५:२४

२६ साउन, काठमाडौं । उद्योगी व्यवसायीहरुले असंवैधानिक रुपमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् । जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री केहपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य गर्न माग गरिन् । उनले पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौति सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिइन् । पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शिर्षकमा लगाएको करले आफूहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन् । महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दै समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको दावी गरेका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?