+
+
Shares

संघीयताको टेको खुस्काउने प्रयास हुँदैछ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते २०:०३


३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलिलो रहेको नेपालको संघीयता प्रणालीलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन् ।

संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख,उपसभामुखसँग आफ्नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयताको टेको खुस्काउने प्रयास भएको बताएका हुन् ।

‘कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजवुत हुनका लागि पनि कम्तीमा तीन हप्ताको समय चाहिन्छ । यस समयमा टेकोको साहारा लिनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘कलिलो अवस्थाको हाम्रो संघीयताको टेको खुस्काउन अहिले देखि नै प्रयासहरु भएका छन् । यस्ता प्रयासलाई परास्त गर्नुपर्दछ ।’

स्थानीय तहले लगाएको करको बिषयमा अनेक खालका प्रचार आएको भन्दै प्रधानमन्त्री ओलीले जानकारी नभएर कर बढाइएको हु्न सक्ने बताए ।

‘करका विषयमा हाम्रा जनप्रतिनिधिलाई धेरै जानकारी नभएको हुनसक्छ अथवा हामीले कर बुझेको कर्मचारी स्थानीय तहमा पुर्‍याउन सकेनौ’ प्रधानमन्त्री ओलीले भने ‘कतिपयले हुँदै नभएको करको बिषयमा हुँदै नभएको कुरा उछालेर पनि समस्या सिर्जना गरेका छन् ।’

प्रदेशका सभामुख र उपसभामुखले प्रदेश संसदले कर्मचारी अभाव, गाडीको असुविधा, भौतिक संरचनाको अभावले विभिन्न समस्या व्योहोर्नुपरेको गुनासो गरे । यसैगरी अहिलेको मर्यादाक्रम पनि सच्याउनुपर्ने उनीहरुले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?