+
+
Shares

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते १२:४३

४ असोज, काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ ।

मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् ।

नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।

‘प्रहरीलार्इ घुस्की सीमा क्षेत्रमा गाेली प्रहार भएको हो’, उनले भने ।

घाइते एक प्रहरीलार्इ उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?