७ मंसिर, काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरुले संस्था इतिहासकै कठिन मोडमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल टेलिकम वर्कर्स युनियनले सरकार र नेतृत्वको लापरबाही र स्वेच्छाचारिताले टेलिकमको वर्तमान अवस्था संकटग्रस्त बनेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
युनियनले पछिल्लो ८/९ महिनादेखि अस्थिरताको वातावरण सिर्जना गरी कम्पनीलाई प्रमुख विहीन बनाइएको भन्दै तत्काल प्रवन्ध निर्देशक नियुक्त गर्न माग गरेको छ ।
सरकार र सरोकारवालाबीचको सहमति अनुसार यसअघि नै प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने विधि स्थापित भइसकेको अवस्थामा सरकारले अनावश्यक राजनीतिक हस्ताक्षेप गरी कम्पनीलाई नेतृत्व बनाइएको युनियनको आरोप छ ।
यस्तै, फोरजी सेवा विस्तारका लागि सम्बन्धी दस्तावेज सरकारले विभिन्न बहानामा रोकेको, कर्मचारी विनियमावली संशोधनमा सरोकार पक्षको सुझाव सम्बोधन, कर्मचारीको बृत्तिविकास र सामाजिक सुरक्षामा ढिलासुस्ती गरेको युनियनको आरोप लगाएको छ ।
कर्मचारीहरुले संस्थाको स्वायत्तामाथि अंकुश लगाएको भन्दै सञ्चालक समितिले स्वायत्तरुपमा काम गर्न पाउनुपर्ने मागसमेत गरेका छन् ।
उनीहरुले संविधानले प्रत्याभूति गरेका श्रम अधिकार न्यूनतम ज्याला, सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकारलाई समेत सञ्चालक समितिले बेवास्था गरेको भन्दै तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
युनियनले सरकारले ध्यान नदिए संस्थाको रक्षार्थ आफूहरु दवावमुलक आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया 4