
गायक प्रमोद खरेल अहिले विभिन्न प्रदेशमा ‘सप्तरंग’ कार्यक्रमका लागि दौडिरहेका छन् । प्रमोदको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको ‘यो कुरा गोप्य’ गीतमा आशिष अविरलको संगीत, एकनारायण भण्डारीको शब्द छ । अविरलले गीतको एरेन्ज गरेका हुन् ।
यो गीत डान्सिङ बिटमा तयार पारिएको छ । गायक खरेलले भने–‘हामीले यो गीतलाई पूर्ण रुपमा डान्सिङ नम्बरमा तयार पारेका छौ । गीतको भिडियो पनि फरक छ । मलाई आशा छ, दर्शकले गीत र भिडियो मन पराउनुहुनेछ ।’
शान थापाको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा नाजिर हुसेन र एलिसा राइको जोडीलाई देख्न सकिन्छ । नाजिरले एलिसालाई गीतमा मायाको कुरालाई गोप्य राख्न आग्रह गरेको देखाइएको छ । राजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा आर के मानन्धरको छायांकन, कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4