+
+

पारा तेक्वान्दो खेलाडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते १४:५०

१३ फागुन, काठमाडौं । पारा तेक्वान्दो खेलाडी विक्रम श्रेष्ठ र पलेसा गोबर्धन नगदसहित सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघले काठमाडौंमा सोमबार कार्यक्रम गर्दै विश्व पारा तेक्वान्दो खेलमा पकद विजेता विक्रम, पुलेसासँगै अफिसियललाई सम्मान गरेको हो । टर्कीमा सम्पन्न आठौं विश्वक पारा तेक्वान्दो खेलमा विक्तमले पुम्से विधामा कास्य पदक जितेका थिए ।

उनलाई ३० हजार नगदसहित सम्मान गरिएको छ । त्यस्तै, प्रशिक्षक कविराज नेगी लामा र टिम म्यानेजर रामचन्द्र श्रेष्ठलााई पनि संघले सम्मान गरेको छ ।

तीन नम्बर प्रदेशका खेलकुद विकास संयोजक तथा राखेपका सदस्य सुदिल शाहीले खेलाडीलाई नगदसहित सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?