+
+
Shares

दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते ८:५१
Photo Credit : दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै प्रधानमन्त्री केपी ओली । तस्वीरः विकास श्रेष्ठ. अनलाइनखबर

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदासमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?