+
+
Shares

सबैको जित भयो : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते १४:१९

२४ फागुन, काठमाडाैं । स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतले सरकार र आफूबीच भएको ११ बुँदे सहमति ऐतिहासिक भएको बताएका छन् । यो सहमतिले सरकार र जनता सबैको जित भएको उनको दाबी छ ।

११बुँदे सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका थिए । सहमतिपछि सम्बोधन गर्दै राउतले जनमत संग्रहको मागलाई राज्यले स्वीकार गरेको बताएका छन् । ‘मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पुरा गर्ने’ सहमतिको दोस्रोबुँदालाई उनले जनमत संग्रहको रुपमा ब्याख्या गरे ।

उनले भने, ‘अब जस्तो व्यवस्था ल्याउनुछ, जनताले आफ्नो अधिकार प्रयोग गरुन, हासिल गरुन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?