+
+
Shares

बाबुराम भट्टराईको प्रश्न : सरकारले जनमत संग्रह स्वीकारेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते २०:१०

२४ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमनत्ती डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहको सहमति गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार सरकारसँग भएको सहमतिबारे सिके राउतले जनमत संग्रह गर्ने सहमति भएको प्रतिक्रिया सार्वजनिक गरेका बेला भट्टराईले जनमत संग्रह स्वीकार गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका हुन् ।

‘सरकारले जनमतसंग्रह स्वीकारेको हो ? अब प्रष्ट गर्ने पालो सरकारको हो ! नत्र घीउ बेचुवा र तरवार बेचुवाको कथा जस्तो होला ! दुवै पक्ष बोलून् !’ पूर्वप्रधानमन्त्री भट्टराईले सिके राउतसँग ११ बुँदे सहमतिपछिको गन्तव्य के हो भन्ने पनि नखुलेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?