+
+
Shares

बैदेशिक रोजगार व्यवसायीको घरमा बम विस्फोट, ४ जना घाइते

चन्द्र आले चन्द्र आले
२०७५ फागुन २४ गते २२:५४

२४ फागुन, काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शत्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ४ जना घाइते भएका छन् ।

बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा राखिएको बम विस्फोट भएको हो । विस्फोटपछि आगलागी समेत भएको थियो ।

‘म चौथो थलामा थिएँ, ठूलो आवाज आएपछि तल झर्दा धुँवाधुँवा भइसककेको थियो, गुरुङले अनलाइनखबरसँग भने । गुरुङको कार्यालय पनि त्यही घरमा छ । 

उनका अनुसार दिनभर गाडी ग्यारेजमै थियो, जहाँ पुग्न मुल गेट पास गरेर जानुपर्छ । तर, त्यहाँसम्म पुगेर कसले कतिबेला बम राख्यो भन्ने खुलेको छैन ।

गाडीमुनी राखेको बम विस्फोट भएपछि आगजनी भएको थियो, जसले दुई तलामाथिसम्म क्षति पुगेको छ । विस्फोटबाट नजिकैका केही घरमा पनि क्षति भएको छ ।

घटनामा ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् । ममताको गालामा चोट लागेको छ । थप २ जनाको नाम खुलेको छैन ।

विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ ।

नेकपा विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ ।

१० फागुनमा विप्लव समूहले नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?