+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजाअर्चना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १७:३७

१ चैत, जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् ।

केही दिनदेखि प्रदेश २ का विभिन्न मठमन्दिरको दर्शन गर्दै हिँडेका शाहले शुक्रबार अपराह्न जानकी मन्दिरमा पूजाअर्चना गरेका हुन् । पूर्जापछि सञ्चारकर्मीलाई छाटो प्रतिक्रिया दिएका उनले सबैको भलो होस्, शान्ति होस, प्रगति होस् भनेर कामना गरेको बताए ।

मधेसका मानिसहरुमा कस्तो धारणा पाउनुभयो भन्ने प्रश्नमा उनले ‘मधेस होइन, हामी पहिलादेखि नै तराई भन्दै आएका छौं । यो नेपालको भूभाग हो’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?