
५ चैत, काठमाडौं । काभ्रेमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् ।
उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको भन्ने कुरा आएको छ । विस्तृत विवरण आइसकेको छैन ।’
हाल महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली घटनास्थलमा छ ।
यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4