
१८ चैत, काठमाडौं । स्कुटरलाई ठक्कर दिएर भागेको सशस्त्र प्रहरीको पछुवा भ्यानका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा भ्यान बा १ झ ९५२७ ले शुक्रबार बानेश्वरमा स्कुटलाई ठक्कर दिएर भागेको थियो । घटनाको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चासो देखाएको थियो भने पूर्व प्रधानमन्त्री चन्दले पनि स्टुकर चालकलाई चोट लागेको भए भेट्न जाने बताएका थिए ।
सोमबार उक्त भ्यानका चालकलाई कारबाही गरिएको जानकारी ट्राफिक प्रहरीले दिएको छ । प्रहरीका अनुसार सवारी ऐनअनुसार सवारी चालक सन्तोष घिमिरेलाई कारबाही गरिएको हो । ट्राफिक प्रहरीका अनुसार उनलाई ५०० रुपैयाँ जरिवाना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4