+
+

नेपाल अब हिंसातर्फ फर्किँदैन : प्रधानमन्त्री ओली

टोपराज शर्मा टोपराज शर्मा
२०७६ जेठ ४ गते १६:३५

४ जेठ, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कहिल्यै हिंसातर्फ नफर्किने बताएका छन् । शनिबार २५६३ औं बुद्ध जन्यतीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाल अब हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो ।’

केही वर्ष हिंसा भएपनि त्यसको व्यवस्थापन भइसकेको भन्दै उनले अब पनि केही बिगि्रहालेछ भने पनि आफैं समाधान गर्ने बताए ।

दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको दर्शनले प्रेरित गरेको र भविस्यमा बुद्ध दर्शनप्रति थप आकर्षण बढ्ने बताए ।

सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले पनि बुद्ध जयन्तिलाई ‘वैशाख डे’ को रुपमा मनाउन सुरु गरेको भन्दै उनले बुद्धको जन्मबारे भ्रम नरहेको बताए । उनले आगामी बर्ष संघीय सरकारले -वैशाख डे) मनाउने बताए । ‘लुम्बिनीको विकास लागि मास्टर प्लान बनाएर लुम्बिनीलाई लुम्बिनी जस्तो बनाउनुपर्छ’, उनले अघि भने ।

आफू सरकारका आएपछि लुम्बिनीको विकासले गति लिएको प्रधामन्त्रीको दाबी छ । ‘यसभन्दा अगाडि मेरो नेतृत्वमा सरकार बन्दा गति लिन थालेको थियो । फेरि दुई वर्ष अल्मलियो अब फेरि गति लिएको छ, ‘ उनले थपे, ‘लुम्बिनीलाई पवित्रस्थल, स्वच्छ शफा र हराभरा पुण्यभूमि, ध्यान र ज्ञानभूमि जस्तै बनाउँछौं ।’

लुम्बिनीको विकासको साथसाथै लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गरे ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?