
१२ जेठ, काठमाडौं । घट्टेकुलोमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता पाइएको छ ।
लोकमञ्जरी कार्कीको घरको कोठामा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
घाइते भएका रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी नेकपा विप्लव समूहसम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष भएको पाइएको छ ।
विस्फोट स्थलमा थप विस्फोटक पदार्थ हुनसक्ने सम्भावना भएकाले सेनाको बम डिस्पोजल टोली आएको छ ।
१३ गतेको नेपाल बन्द सफल परौं भन्न पर्चा पनि भेटिएको प्रहरीले पुष्टि गरेको छ ।
घाइते भएका केसी भने घट्टेकुलोको उक्त घरमा बस्ने गरेका थिएनन् । बिस्फोटका क्रममा उनलाई खुट्टामा चोट लागेको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्रमोद यादवले जानकारी दिएका छन् ।
केसीलाई प्रहरीले नभई अरु कसैले उद्दार गरी अस्पताल लगेको स्थानीयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4