
Photo Credit : चन्द्र आले
१५ जेठ, काठमाडौं । गणतन्त्र स्थापना भएको आज ११ वर्ष पूरा भएको छ । दिवसको अवसरमा बुधबार टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाइएको छ ।
कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरी नागरिकसमक्ष गणतन्त्रको शुभकामना व्यक्त गरिएको छ । शान्तिको प्रतीक परेवासमेत उठाइएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तस्बीरहरू : चन्द्र आले / अनलाइनखबर डटकम
हेर्नुस् तस्वीरमा गणतन्त्र दिवस :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4