१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।
खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिज कुन टिम कति अब्बल ?
पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्लो पाँच एक दिवसीय क्रिकेट खेललाई हेर्ने हो भने पाकिस्तानले चार खेलमा जित हात पार्दा वेष्ट इन्डिजले एक खेलमा मात्रै जित निकालेको छ । तर वेष्ट इन्डिज र पाकिस्तानबीच पछिल्लो दुई वर्ष यता प्रतिस्पर्धा भएको छैन ।
सन् १९७५ र १९७९ को विश्वकपको उपाधि उचाल्दै इतिहास बनाएको वेष्ट इन्डिज तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छ । त्यसको लागि आफ्नो यात्रामा आएका जुनै टिमलाई पनि पछि पार्ने उसको रणनीति छ ।
१९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि जितेको पाकिस्तान भने २७ वर्ष पछि उपाधि दौडमा छ । उपाधि पाकिस्तानको लागि निकै टाढा छ । त्यो उपलब्धि हासिल गर्न हरदम पाकिस्तान तयार छ ।
गेलको जादु चल्ला ?
क्रिस गेल अर्थात क्रिकेटका युनिभर्सल बोस । पाकिस्तानका लागि मात्रै हैन विश्वका बलरमै लागि टाउको दुखाइ बन्ने गरेका छन् । उनी टिकिरहनु जुनसुकै बलरका लागि नराम्रो परिणाम हुनु हो ।
पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा गेलको एक चमत्कारी प्रदर्शनको अपेक्षामा वेष्ट इन्डिज छ । गेल पछिल्लो समयमा निकै फर्ममा देखिएका छन् । यसअघि इंग्ल्याल्ड टुरमा पनि राम्रो प्रदर्शन गरेका थिए ।
सन् २०१५ को विश्वकपमा जिम्बाब्वेविरुद्धको खेलमा क्रिस गेलले दोहोरो शतकसहित २१५ रन बनाएका थिए । विश्व कीर्तिमानधारी गेल क्रिकेट करिअरको अन्तिम विश्वकपबाट सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।
यता, पाकिस्तानको लागि पनि क्रिस गेल नै मुख्य टाउको दुखाइको विषय हो । पाकिस्तानको रणनीति पनि क्रिस गेललाई छिट्टै आउट गर्नु नै हुनेछ । त्यसो त, वेष्ट इन्डिजका सबै एकसे एक ब्याटिङ गर्ने सक्छन् । एन्ड्रे रसेलदेखि एस्ले नर्स, किमार रोचसम्मका अन्तिमका खेलाडी पनि राम्रो ब्याटिङ गर्छन् ।
तर वेष्ट इन्डिजको तुफानी ब्याटिङलाई रोक्ने पाकिस्तानसँग बलर अस्त्र छ । सबै एकसे एक बलर भएका कारण पाकिस्तानको लागि गेम चन्जरको रुपमा बलिङलाई लिन सकिन्छ ।
ब्याटिङ पनि राम्रो देखिएको छ । पाकिस्तानको ब्याटिङ बलिङ र फिल्डिङ तिनै पक्ष बलियो छ ।
विश्वकपका लागि पाकिस्तानी टिम
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदी ।
विश्वकपका लागि वेष्ट इन्डिज टिम
ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।
प्रतिक्रिया 4