+
+
Shares

मिनी नेपाल झैँ बन्यो कोपनहेगन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते ९:३७

१७ जेठ, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट बुधबार साँझ मिनी नेपाल झैँ बन्यो। नेपाल चिनाउने स्टल,नेपाली पोशाकसहित ढाकाटोपीमा सजिएका सहभागीहरु । नेपाली कला र संस्कृतिको झझल्को दिएको उक्त कार्यक्रमले कोपनहेगनलाई मिनी नेपाल झैँ बनाएको हो।

नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला ठाउँमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो। नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित नेपाली संघसंस्थाहरुले सहकार्यमा नेपाल चिनाउने कार्यक्रम सम्पन्न भएको हो।

नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिधित्व हुने गरी पञ्चेबाजा तथा लाखेनाँच, झागड, शेर्पा,तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु प्रस्तुत भए। पञ्चेबाजा घन्कदा विदेशी पर्यटक तथा स्थानीय डेनिस नागरीकहरुले कम्मर मर्काए। डेनमार्कघुम्न आएका विदेशीहरुले समेत नेपाली कला र संस्कृतिबारे चासो ब्यक्त गरे ।

कार्यक्रममा डेनमार्क स्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपाली जनसमुदायको बाक्लो उपस्थिति रह्यो।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले गणततन्त्रदिवस तथा सगरमाथा दिवसको चर्चा गरे। उनले आर्थिक विकासका लागि नेपालले दिएको प्राथमिकता, नेपालमा लगानीको बाताबरण तथा पर्यटनको प्रवद्धनबारे प्रकाश पारेका थिए।

कार्यक्रममा सहभागिहरु नेपाली भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिंएका थिए। विदेशीहरु नेपाली संगीतको तालमा ताल मिलाउंदै निकै चासोपुर्वक कार्यक्रम हेरे। साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास डेनमार्कले गरेको थियो।

नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी सामाग्रीहरु निशुल्क वितरण भए। विदेशीहरुले निकै चाखपुर्वक जिज्ञासा राखेका थिए। पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरु सहित स्टलसमेत सजाईएको थियो। कार्यक्रमले डायस्फोराको नेपाली समुदायलाई नेपाल चिनाउने यस्तै गतिविधि गर्न प्रेरित पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?