
१७ जेठ, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक सरुवामा असन्तुष्टि जनाउँदै एआईजी धीरु बस्न्यात विदामा बसेका छन् ।
कार्य एवं अपराध अनुसन्धान विभागमा दरबन्दी भए पनि राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएपछि उनी मंगलबारबाट विदा बसेका हुन् ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बस्न्यात परिषदमा हाजिर भएलगत्तै १५ दिनका लागि विदा बसेको पुष्टि गरे ।
गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले १७ वैशाखमा प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका बस्न्यात र अपराध अनुसन्धान विभागका प्रमुख एआईजी पुष्कर कार्कीको जिम्मेवारी हेरफेर गरेको थियो । तर, बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएको थियो ।
परिषदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहने व्यवस्था छ । हाल परिषदमा डीआईजी शेरबहादुर बस्नेत कार्यरत छन् ।
डीआईजी दरबन्दी रहेको ठाउँमा बस्न्यातलाई खटाइएपछि कतिपयले यसलाई आन्तरिक कारबाहीको रुपमा हेरेका छन् । स्रोतका अनुसार बस्न्यातले प्रहरी एकडेमीमा रहँदा आर्थिक अनियमितता गरेको उजुरी पनि परेको थियो ।
नेपाल प्रहरीका अर्का एआईजी ठूले राई अहिले प्रशासन तथा मानव स्रोत विभागमा कार्यरत छन् ।
हेर्नुस् सरुवा सूची
प्रतिक्रिया 4