
३ असार, काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
२७ वर्षीया विमला तामाङको शव सोमबार राति अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो । रामेछाप दोरम्बा घर भएकी उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिइन् ।
काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले समतामा कार्यरत तामाङको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
यसबारे अनुसन्धानका लागि परिसरबाट डीएसपी होमिन्द्र बोगटीसहितको टोली घटनास्थल पुगेको छ ।
घटनापछि आफन्तले अस्पतालकाे तोडफोडमा उत्रिएका छन् । तोडफोडपछि अस्पताल अशान्त बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4