+
+
Shares

भरुवा बन्दुकसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते ९:३५

१५ असार संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?