+
+
Shares

अमेरिका-चीन ब्यापार युद्ध रोकियो, हुवावेको प्रतिबन्ध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १२:४९
Photo Credit : Fox News

१५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ । यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ ।

जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । यो भेटलगत्तै अमेरिका र चीन व्यापार वार्ता फेरि थाल्न सहमत भएका हुन् ।

यो सहमतिसँगै विश्वले आर्थिक मन्दीबाट केही राहत पाउने आश गरिएको छ ।

हुवावेको प्रतिबन्ध हट्यो

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीमध्ये एक हुवावेलाई बिक्री जारी राख्न अनुमति दिएका छन् । ट्रम्पको यो घोषणालाई ठूलो छुटका रुपमा हेरिएको छ । यो घोषणा यसकारण पनि महत्वपूर्ण छ कि यसअघि अमेरिकाले चीनलाई अतिरिक्त व्यापारिक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

ट्रम्पले आगामी दिनमा बेइजिङसँग वार्ता जारी राख्ने पनि बताएको बीबीसीले जनाएको छ ।

चीनले हुवावेका उत्पादनमार्फत जासुसी गरिरहेको आरोप अमेरिकाले लगाउँदै आएको थियो भने चीनले आरोपको खण्डन गर्दै आइरहेको थियो । यही विवादका कारण अमेरिकाले चिनियाँ उत्पादनहरुमा अतिरिक्त कर लगाएपछि दुवै देश ब्यापार युद्धको अवस्थामा आएका थिए ।

यही बीचमा अमेरिकाले आफ्नो देशमा हुवावेका उत्पादन प्रयोग नगर्ने निर्णय गर्दै हुवावेका उत्पादनहरूमा युट्युब, गुगल म्याप जस्ता फिचर्स नराख्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?