
१५ असार, काठमाडौं । बजारमा मौज्दात घटेको भन्दै व्यवसायीले कृषकले प्राप्त गर्ने अण्डाको मूल्य बढाएका छन् । ने
पाल अण्डा उत्पादक संघले शनिबारदेखि लागू हुने गरी किसानले प्राप्त गर्ने ठूलो र मध्यम खालको अण्डाको मूल्यमा प्रतिक्रेट ५५ रुपैयाँ वृद्धि गरेको हो ।
यसअघि मध्यम अण्डाबाट कृषकले प्रति क्रेट ११५ र ठूलो अण्डाबाट २०० रुपैयाँ पाउँदै आएका थिए । उत्पादन बढेसंगै लागतको तुलनामा अण्डाको मोल नपाएकाले मूल्य बढाएको अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कंडेलले जानकारी दिए ।
कँडेलका अनुसार प्रतिअण्डा लागत १० रुपैयाँ पर्दा पनि किसानले प्रतिगोटा ७ रुपैयाँमा बिक्री गर्दै आएका थिए । मूल्य बढाएपछि किसानले अब एउटा अण्डाको साढे ८ रुपैयाँसम्म पाउनेछन् । कृषकले पाउने मूल्य बढेसंगै बजारमा उपभोक्ता मूल्य बढ्ने संघले जनाएको छ ।
नेपालमा दैनिक २५ लाख अण्डा उत्पादन हने अण्डा उत्पादक सघंले जनाएको छ । संघका अनुसार देशभर करीब १६ सय अण्डा उत्पादन फर्महरु सञ्चालनमा छन् ।
प्रतिक्रिया 4