
१५ असार, काठमाडौं । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ । आइतबार सरकारी स्तरबाट बर्दियामा कार्यक्रम गरिएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।
रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : बाबुराम भट्टराईको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4