
१५ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले भारतीय फिल्म अवार्ड (आईफा) नेपालमा आयोजना गर्न सरकारले आर्थिक सहायता उपलब्ध गराउन लागेको भन्दै आपत्ति जनाएका छन् ।
निजी क्षेत्रको लगानीमा आयोजना हुने अवार्डलाई सरकारले नै आर्थिक सहायता उपलब्ध गराउनु उचित नभएको उनको तर्क छ । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको बताए ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा हुने अवार्ड समारोहका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दाबी गर्दै नेता रावलले असन्तुष्टि जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4