
Photo Credit : देवेन्द्र पराजुलीलाई खादा लगाएर नेकपामा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली ।
२० असार, काठमाडौं । समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो ।
कार्यक्रममा नेकपा विप्लव समूहका केही नेता पनि नेकपा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4