+

मड्रिड डर्बीमा रियलको लज्जास्पद हार, कोस्टाले गरे चार गोल

२०७६ साउन  ११ गते ८:१५ २०७६ साउन ११ गते ८:१५
मड्रिड डर्बीमा रियलको लज्जास्पद हार, कोस्टाले गरे चार गोल

११ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपको मड्रिड डर्बीमा रियलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार विहान भएको खेलमा एथ्लेटिकोले रियललाई ७-३ गोल अन्तरले हराएको हो ।

एथ्लेटिकोले पहिलो हाफमा नै ५ गोल गरेको थियो । खेलमा एथ्लेटिकोले पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो ।

आठौं मिनेटमा जोआओ फेलिक्स, १९ औं मिनेटमा कोरियाले गोल गरे । खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका कोस्टाले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी गोल गर्दै हृयाट्रिक पुरा गरे ।

दोस्रो हाफको सुरुमा नै कोस्टाले अर्को गोल गरे ।

सुधारिएको प्रदर्शन गरेको रियल मड्रिडका लागि ५९ औं मिनेटमा नाचोले गोल गरे । तर, ७० औं मिनेटमा एथ्लेटिकोका लागि सातौं गोल भिटोलोले गरे ।

खेलको ८५ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमार्फत गोल गरे भने ८९ औं मिनेट जाभी हर्नान्डेजले गोल गरे । र, रियल ७-३ गोल अन्तरले पराजित भयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय