+

चिनियाँ क्लबमा जाने भए बेल

२०७६ साउन  ११ गते ८:२४ २०७६ साउन ११ गते ८:२४
चिनियाँ क्लबमा जाने भए बेल

११ साउन, काठमाडौं । ग्यारेथ बेल रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङ्सु जाने भएका छन् ।

वेल्सका कीर्तिमानी गोलस्कोर बेल निकट स्रोतका अनुसार तीन वर्षे सम्झौता भएको छ । यद्यपि स्पेनिस अधिकारीहरुले यसको पुष्टि गर्न बाँकी छ ।

रियलका प्रशिक्षक जिनेदाने जिदानले केही दिनअघि बेल क्लब छाड्ने निकट रहेको बताएका थिए । स्पेनिस समाचारहरुमा जनाएअनुसार बेलले चीनमा एक सातामा एक मिलियन पाउण्ड पाउनेछन् ।

बेल २०१३ मा टोटनहृयामबाट कीर्तिमानी मूल्यमा रियल मड्रिड गएका थिए । बेर्नाबाउ क्लबसँग उनको सम्झौता अझै तीन वर्ष बाँकी थियो ।

रियलले लगातार चार पटक च्याम्पियन्स लिग जित्दा पनि उनी टिममै थिए । उनले रियलमा रहेर एक ला लिगा, कोपा डेल रे तथा तीन यूईएफए सुपर कप पनि जिते । तर जब जिदान फेरि रियल मड्रिडको प्रशिक्षक भए, त्यहाँबाट बेलको बहिर्गमनको प्रक्रिया सुरु भयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय