+
+
Shares

भरुवा बन्दुकसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ११ गते १०:४५

११ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

कानेपोखरी गाउँपालिका-५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहत पक्राउ परेका हुन् । उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई फेला पारेको थियाे ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?