
११ साउन, काठमाडौं । रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।
गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो ।
प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छ ।
घटनामा ज्यान गुमाएहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र आवश्यक देखिए काठमाडौं ल्याउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4