+
+
Shares

लोकसेवामाथि प्रश्न उठाउँदै देउवाले भने-भनसुन उद्योग फस्टायो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ११ गते १९:१६

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् ।

लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनको दाबी छ । देउवाले भने, ‘नेपालमा सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ, उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन, फेल गर्दिए ।’

निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरु बढ्दै गएको, शुसासन कायम हुन नसकेको भन्दै उनले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?